• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाद्वारा एकैपटक ८५ हजार भिसा रद्द


  • धनकुटा खबर
  • .

वासिङटन डीसी : अमेरिकी विदेश विभागले कडा आप्रवासन नियमन लागू गर्दै सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत गरिएको घोषणामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा निरन्तर कडाइ गरेको र ‘अमेरिकालाई फेरि सुरक्षित बनाऔं’ भन्ने नारालाई प्राथमिकतामा राखिएको उल्लेख छ।

भिसा रद्द गर्नुको पछाडि अपराध नियन्त्रण तथा सीमा सुरक्षालाई नै प्रमुख कारणका रूपमा प्रस्तुत गरिएको छ। विभागका एक वरिष्ठ अधिकारीका अनुसार रद्द गरिएका भिसामध्ये ८ हजारभन्दा बढी विद्यार्थीको भिसा समावेश छन्। असुरक्षित गाडी चलाउनु, चोरी, आक्रमणलगायत विभिन्न कानुन उल्लंघनका आधारमा धेरै भिसा रद्द गरिएको सीएनएनलाई उद्धृत गर्दै बताइएको छ।

यसअघि पनि अमेरिकी विदेश विभागले भिसाको अवधि सकिनु, आतंकवादसँग सम्बन्धित समर्थन, अवैध क्रियाकलाप तथा राष्ट्रिय सुरक्षामा खतरा मानिएका गतिविधिहरूमा संलग्न भएको आशंकामा भिसा रद्द गर्ने अभ्यास गर्दै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖