• Monday 5th of October 2026

कमेडियन रसेल ब्रान्डमाथि बलात्कार र यौन दुर्व्यवहारको नयाँ आरोप


  • धनकुटा खबर
  • .

लन्डन । बेलायती हास्य कलाकार तथा अभिनेता रसेल ब्रान्डमाथि बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेको छ।

उनीमाथि दुई महिला बलात्कारको अर्को आरोपका साथै यौन दुर्व्यवहारको अर्को एउटा आरोपमा अनुसन्धान भइरहेको क्राउन अभियोजन सेवा (सीपीएस)ले बताएको छ।

रसेल ब्रान्डले यसअघि नै बलात्कार, दुई यौन दुर्व्यवहार एक अभद्र व्यवहारको मुद्दा सहित पाँच आरोपमा मुद्दा खेपिरहेका छन् । यी मामिलामा रसेलले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । १९९९ र २००५ को बीचमा मध्य लन्डन र बोर्नमाउथमा लगाइएका पुराना पाँच आरोपमा ब्रान्डको मुद्दा २०२६ को जुन १६ मा साउथवार्क क्राउन अदालतमा सुरु हुँदैछ।

यसैगरी ५० वर्षीय ब्रान्ड दुई नयाँ आरोपको सम्बन्धमा २०२६ को जनवरी २० मा वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा उपस्थित हुनु पर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖