• Wednesday 7th of October 2026

रिगलको आममाफी विरुद्धको रिट दशैंपछि मात्र टुंगो लाग्ने


  • धनकुटा खबर
  • .

काठमाडौं,२५ असोज । बाँकेका चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पारए संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका गुण्डा नाइको योगराज ढकाल रिगलविरुद्ध सर्वोच्चमा परेको रिटको टुंगो दशैंपछि मात्र लाग्ने भएको छ ।

बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले सुनुवाई गर्दै अर्को पेशी क़ार्तिक १४ लाई तोकेको हो ।

आज भएको सुनुवाइमा ४० प्रतिशत कैद भुक्तान गरेकाको कैद माफी मिनाहा दिन मिल्ने भनेर यसअघि अर्कै मुद्दामा फैसला गरेका कारण आफूले यो रिट हेर्न नमिल्ने जानकारी न्यायाधीश आनन्दमोहन भट्टराईले इजलास समक्ष गराएका थिए ।न्यायाधीश भट्टराईको रेक्युजलपछि १४ गतेलाई पेशी तोक्ने गरी सुनुवाइ सकिएको छ ।

२०७२ असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । उक्त हत्या आरोपमा जिल्ला अदालत बाँकेबाट जन्म कैदको सजया पाएका रिगललाई सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा आममाफ दिएको थियो ।

श्रीमानका हत्यारालाई आममाफी दिएपछि चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖