• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


  • धनकुटा खबर
  • .

लस एन्जलस। अमेरिकाको एरिजोनाको पहाडी क्षेत्रमा शुक्रबार एक निजी हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

पिनल काउन्टी शेरिफको कार्यालयले सामाकिस सञ्जाल फेसबुकमा राज्यको राजधानी फिनिक्स नजिकैको सुपीरियर सहर नजिकै हेलिकप्टर दुर्घटना भएको बताएको छ।

दुर्घटना विहान ११ बजे तिर भएको थियो, शेरिफको कार्यालयले जनाएको छ। उद्धारकर्मीहरूले हेलिकप्टरको भग्नावशेषमा पुगे र दुर्घटनामा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरे।

पीडितहरूमा हेलिकप्टर चालक र एउटै परिवारका तीन महिला सदस्यहरू रहेको जनाइएको छ। अमेरिकी एविएशन एडमिनिस्ट्रेशन र राष्ट्रिय यातायात सुरक्षा बोर्ड द्वारा अनुसन्धान जारी रहेको शेरिफको कार्यालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖