• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा प्रवेश गरेको एक साता नबित्दै कुलमान असन्तुष्ट


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ पुष । उज्यालो नेपाल पार्टी खोलेर २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा होमिएका बहालवाला उर्जामन्त्री कुलमान घिसिङ एक साता नबित्दै असन्तुष्ट बनेका छन् । रास्वपाका सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा रास्वपाले अघि सारेको काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच एकता भएपछि कुलमानलाई पनि रास्वपामा समाहित गरिएको थियो ।

सुरुमा कुलमानले सम्मानलाई दाउमा राखेर कसैसँगपनि आत्मसमर्पण नगर्ने बताउँदै आएका थिए । तर, हामी नेपालीका संयोजक सुदन गुरुङको जोडबलमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समयमा कुलमान पनि रास्वपामा प्रवेश गरेका थिए ।

उनलाई रास्वपामा पहिलो वरियताको उपसभापति दिईएको छ । कुलमान रास्वपामा विलय भएपछि उनलाई पार्टी खोल्नको लागि साथ दिएका थुप्रै राम्रा नेताहरुले साथ छोड्ने तयारी गरेका छन् ।

कतिपय पहिचानवादी नेताले त एकता प्रक्रियालाई नै साथ नदिएको बताईन्छ । कुलमानले यो विषयमा रास्वपाका सभापति लामिछाने र बालेनसँग छलफल गरेका थिए । उनले रास्वपाले पहिचानको पक्षमा लिनुपर्ने अडानको विषयमा जिज्ञासा राखेको बताईन्छ ।

यसबारेमा लामिछाने र शाहले स्पष्ट जवाफ नदिएपछि उनले आज आफ्नो टिममा रहेका नेताहरुलाई निर्वाचन आयोगमा समानुपातिकतर्फको छुट्टै सूची बुझाउनेबारे मिल्ने वा नमिल्नेबारे बुझ्न पठाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖