• Friday 16th of October 2026

एमाले छाडेर रास्वपाको समानुपातिक सांसदको उम्मेदवार बनेकी श्रद्धा कुँवार भन्छिन्- रास्वपा समुन्द्र बनिसक्यो, बहुमत ल्याएर सरकार बनाउँछ


  • धनकुटा खबर
  • .

एमाले छाडेर रास्वपाको समानुपातिक सांसदको उम्मेदवार बनेकी श्रद्धा कुँवार भन्छिन्-

रास्वपा समुन्द्र बनिसक्यो, बहुमत ल्याएर सरकार बनाउँछ ।

यो पनि…

काठमाडौं, पुस २३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक अहिले बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयम बस्न लागेको हो ।

यसअघि हिजोका लागि बोलाइएको बैठकमा विशेष महाधिवेन र नियमित महाधिवेशन पक्षधर कांग्रेस नेता तथा कार्यकर्ताबीच विवाद सिर्जना हुँदा बैठक बस्न सकेको थिएन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गर्दा संस्थापन पक्ष नियमित महाधिवेशनका पक्षमा छन् ।

यही विषयले अहिले कांग्रेस दुई भागमा विभाजन भएको देखिन्छ । संस्थापन पक्ष सभापति शेरबहादुर देउवाकै नेतृत्वमा आगामी प्रतिनिधिसभा निर्वाचनमा जाने पक्षमा देखिएको छ भने महामन्त्री शर्मा र थापा पक्षधर नेता तथा कार्यकर्ताहरू चुनावअघि पार्टी नेतृत्व परिवर्तन गरेर चुनावमा जानुपर्ने माग राख्दै आएका छन् ।

आजको बैठकमा राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले चुनावी तालमेल गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖