• Wednesday 7th of October 2026

तामाकोशी दुर्घटनामा १२ जनाको मृत्यु, ११ को सनाखत


  • धनकुटा खबर
  • .

काठमाडौँ । रामेछापको तामाकोशीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

मन्थली अस्पतालका अनुसार मृतक १२ मध्ये ११ जनाको पहिचान खुलेको छ । अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बवि तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल,शिव श्रेष्ठ,रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन् ।

‘१२ वटा शव अस्पतालमा आएको छ, त्यसमध्ये एक जनाको नाम खुलेको छैन’, अस्पतालले भनेको छ । मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा उनीहरूको ज्यान गएको रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार घाइते ८ जनाकाे उपचार भइरहेकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖