• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँका १० क्षेत्रमा यी हुन् एमालेबाट सिफारिस उम्मेदवार (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले काठमाडौँका १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ जिल्ला कमिटीको बैठकले उम्मेदवार सिफारिस गरेको हो ।

जसअन्तर्गत काठमाडौँ १ मा मोहन रेग्मीसहित ८, क्षेत्र नम्बर २ मा एकल मणिराम फुयाँलको नाम सिफारिस भएको एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले जनाएका छन् ।

त्यस्तै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा रामेश्वर फुयाँलसहित ६,चारमा राजन भट्टराईसहित १३, क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलसहित ८ जना सिफारिस भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ६ बाट अमनकूमार मास्केसहित १२, क्षेत्र नम्बर ७ बाट प्रकाश श्रेष्ठसहित ११ र ८ बाट एक मात्र राजेश शाक्य सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ९ बाट अजयक्रान्ति शाक्यसहित ९ र १० बाट विनोद श्रेष्ठसहित ११ जना सिफारिस भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖