• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गगन थापाले गरे यस्तो आव्हान


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला पार्टीका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दाहरूलाई आम निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफल गर्नुपर्ने बताएका छन्।

विशेष महाधिवेशनको दौडधुपमा रहेका थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै पछिल्ला दिनमा जेन–जी आन्दोलनले औंल्याएका विषयहरू केवल क्षणिक बहसमा सीमित नराखी राजनीतिक दल, विभिन्न क्षेत्रका विज्ञ र व्यक्तित्वहरूको सहभागितामा गम्भीर छलफलको थालनी गर्नुपर्ने धारणा राखेका हुन्।

उनले केही दिनअघि आफूले उठाएको चुनावअघिका राष्ट्रिय विषयहरूमा राष्ट्रिय स्तरमै छलफल हुनुपर्छ भन्ने प्रस्तावमा काम शुरू भइसकेको जानकारी पनि दिएका छन्।

‘केही साथीहरूले यसमा पहल पनि शुरू गरिसक्नुभएको छ,’ महामन्त्री थापाले भने, ‘यसलाई थप व्यवस्थित र सहभागीमूलक बनाउन आज मैले एउटा गुगल सिट फर्म सार्वजनिक गरेको छु।’

महामन्त्री थापाले उक्त फर्ममार्फत सबैलाई आफ्ना विचार, सुझाव र प्राथमिकताका राष्ट्रिय मुद्दाहरू साझा गर्न आग्रह गरेका छन्। उनका अनुसार प्राप्त सुझावहरूलाई संकलन गरी आगामी चरणमा राजनीतिक तथा बौद्धिक बहसको आधार बनाइने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖