• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाले बोलायो सचिवालय बैठक, पार्टी एकताबारे छलफल हुने


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालयको आकस्मिक (भर्चुअल) बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार शनिबार सवा ३ बजे जुम बैठक बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

पार्टी एकता र समायोजन सम्बन्धमा बैठकका एजेन्डा रहेका छन् ।

कुलमान संरक्षकत्वको उज्यालो नेपाल पार्टीसँग भएको सहमति कार्यान्वयनमा कुरा नमिलेपछि दुवै पक्षबिच भएका छलफल असफल हुँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖