• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मौलापुरमा एलिजाको शक्ति प्रदर्शनः मधेसको धर्तीबाट नयाँ राजनीतिक क्रान्तिको शंखघोष, गरिबका झुपडीमा पुग्दा उर्लियो जनलहर


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ पुस । नेपाली ग्ल्यामर क्षेत्रकी चर्चित व्यक्तित्व तथा समाजसेवी एलिजा गौतम अब राजनीतिमा एक सशक्त ‘आयरन लेडी’को रूपमा उदाएकी छिन्। आम जनता पार्टी (आजपा) बाट समानुपातिक उम्मेदवारको रूपमा अघि सारिएकी गौतमले मधेशको मुटु रौतहट पुगेर राजनीतिक वृत्तमा नयाँ हलचल पैदा गरिदिएकी छिन्।

​घर घरमा एलिजाः नेता होइन, छोरी बनेर पुगिन् बस्तीमा

​हिजोसम्म पर्दामा देखिने एलिजा आज रौतहटका हिलाम्मे सडक र गरिबका झुपडीहरूमा भेटिइन्। कसैले नहेरेका, राज्यको मूलधारबाट ठगिएका गरिब र दुःखीहरूको आँसु पुछ्न उनी आफैँ घर(घरमा पुगेकी छिन्। उनको यो आत्मीयता देखेर स्थानीय वृद्धवृद्धाहरूले भावुक हुँदै आशिर्वाद दिए— अहिलेसम्म भोट माग्न धेरै आए, तर हाम्रो दुःख सोध्न र घरको आँगनमै आइपुग्ने तिमी पहिलो हौ।

​शिक्षा र स्वास्थ्यमा क्रान्तिको उद्घोष
​मौलापुरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले निकै तार्किक र प्रभावशाली ढङ्गले आफ्ना भावी योजनाहरू प्रस्तुत गरिन्। जनताको समस्यालाई नजिकबाट नियालेकी गौतमले गर्जदै भनिन्— ूगरिबका छोराछोरीले कहिलेसम्म शिक्षाबाट वञ्चित हुनुपर्नेरु सामान्य उपचार नपाएर कहिलेसम्म मर्नुपर्नेरु अब भाषण होइन, परिणाममुखी एक्सनको समय आएको छ।ू उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिति जरैदेखि उखेल्ने संकल्प मात्र गरिनन्, त्यसको दिगो समाधानका लागि ठोस खाका समेत प्रस्तुत गरेकी छिन्।
​
किन चर्चाको शिखरमा छिन् एलिजा ?
​सक्षम समानुपातिक उम्मेदवारः आम जनता पार्टीले उनलाई उत्पीडित र उपेक्षित जनताको आवाज बुलन्द गर्नकै लागि समानुपातिक सूचीको अग्रभागमा राखेको छ, जसले उनलाई झन् सशक्त बनाएको छ।

​गरिबको सच्चा साथीः अन्य नेताहरू चिल्ला गाडी र सुविधामा रमाइरहँदा, एलिजा भने गाउँका टोल(टोलमा पुगेर जनताको समस्या टिपोट गर्दै समाधानको आश्वासन दिइरहेकी देखिन्छिन्।

​आसालाग्दो महिला नेतृत्वः मधेसको धर्तीबाट उनी जस्तो जुझारू र प्रष्ट वक्ता महिला नेत्रीले देशको नीति निर्माण तहमा पुग्नुपर्छ भन्ने आवाज अहिले रौतहटदेखि काठमाडौँसम्म गुञ्जिन थालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖