एकता सहमति भंग भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी छाड्दै कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्दा बालेन शाहलाई ठूलो झड्का लागेको छ ।
भावी प्रधानमन्त्रीको उम्मेदवार बन्दै रास्वपा प्रवेश गरेका बालेन चुनावपछि प्रधानमन्त्री बन्नेमा ढुक्क जस्तै देखिएका थिए । तर, कुलमानले साथ छाडेसँगै चुनावमा रास्वपाको एकल बहुमत आउँने सम्भावना न्यून रहेको छ। जसको कारण बालेन प्रधानमन्त्री बन्नबाट रोकिने छन् ।
बालेनपछि कुलमान पनि एकतामा आएसँगै रास्वपाका नेताहरुले सके बहुमत नभए कम्तिमा एकल बहुमत ल्याएर बालेन शाहलाई प्रधानमन्त्री बनाएर रास्वपाको नेतृत्वमा सरकार बनाउने उद्घोष गर्दै आइरहेका थिए ।
कुलमान रास्वपाबाट बाहिरिएसँगै प्रधानमन्त्री बन्ने बालेनको यात्रामा ठूलो झड्का लागेको छ ।
