• Wednesday 7th of October 2026

बीपी चोकमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी


  • धनकुटा खबर
  • .

बाँके— नेपालगञ्ज बीपी चोक नजिकै भीषण आगलागी भएको छ । सुर्खेत रोडस्थित ओम फिटनेसबाट बागेश्वरी मन्दिर जाने बाटोमा रहेको फर्निचर पसलमा शुक्रबार बिहान पौने ५ आगलागी भएको हो ।

एउटा पसलबाट सल्किएको आगोले ७ वटा फर्निचर पसल जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ । आगलागी हुनेबित्तिकै नेपालगञ्ज उपमहानगरपालिकाको दुई वटा दमकल र कोहलपुरबाट आएको दमकलले नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगलागी भइरहेको टोलमा लस्करै करिब १४-१५ वटा फर्निचर पसल छन् । बाँके‌ प्रहरी प्रवक्ता नारायण डाँगीले नियन्त्रणको प्रयास जारी रहेको भन्दै क्षतिको विवरण आउन समय लाग्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖