• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ओलीले गरे देउवाको पत्तासाफ !


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री बन्ने लोभमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछि लाग्दा शेरबहादुर देउवा पत्तासाफ भएका छन् ।

शेरबहादुरले जेनजी आन्दोलनमा कुटाई खाएपछि सक्रिय राजनीतिबाट बिदा लिने निर्णय गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएका थिए । तर, ओलीले निरन्तर गुण्डुबाट महाराजगंज निवासमै आएर चुनावपछि वा संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री बनाउँने भन्दै अहिले नै सक्रिय राजनीतिबाट बिदा नलिन र सभापतिबाट पनि नहट्न उक्साएका थिए ।

ओलीको कसमपछि प्रधानमन्त्री बन्ने लोभमा सभापति पनि नछाड्ने नियमित र विशेष दुबै महाधिवेनश नगर्ने अडान लिएका देउवा अहिले घरको न घाटको भएका छन् । सतहमा हेर्दा वा बुझ्दा गगन थापा र विश्वप्रकाश शर्माको विद्रोहले देउवाको पतन भएको बुझिएपनि केपी ओलीको अप्रत्यक्ष रुपमा ठूलो भुमिका रहेको छ । ओलीले नउस्काएको भए आज अहिले पनि देउवा नै कांग्रेसको सभापति रहने उच्च सम्भावना थियो ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वलाई कांग्रेसको आधिकारिकता दिएसँगै देउवाले राजनीतिक शक्ति मात्रै होइन पार्टीको चुनाव चिन्ह्र रुख र चारतारे झण्डा समेत गुमाएका छन् । उनी राजनीतिक जीवनकै सबैभन्दा अफ्ठयारो अवस्थामा पुगेका छन् । आफूसँगै लाखौं नेता कार्यकर्ताहरुको राजनीतिक भविष्य नै अन्योलनमा पारिदिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖