• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एमालेले उम्मेदवार बनाएका मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमारले रोजे स्वाभिमान पार्टी, पर्सी मनोनयन दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ ४ । मधेश प्रदेश सरकारका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले प्रतिनिधिसभा निर्वाचनका लागि स्वाभिमान पार्टीबाट मनोनयन दर्ता गर्ने भएका छन् ।

निर्वाचन आयोगले पर्सी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकाले राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त छन्।

यस्तैमा, नेकपा (एमाले)ले सप्तरी–२ बाट चुनाव लड्न प्रतिनिधि सभाको उम्मेदवार बनाएका सिहले आज समाजिक सञ्जाल फेसबुकमार्फत पर्सी स्वाभिमान पार्टीबाट मनोनयन दर्ता गर्ने जानकारी गराएका छन् ।

उनी यसअघि जनमत पार्टीबाट सप्तरी-२ (१) बाट मधेस प्रदेश सांसदमा निर्वाचित भएर मधेसको मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖