काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले काठमाडौं महानगरको मेयर पदबाट तत्काल राजीनामा नदिने भएका छन् । यसअघि बालेनले आजै राजीनामा दिने चर्चा थियो । तर विकसित परिस्थिति र प्रचलित कानुनी व्यवस्थामा आधारमा उनले राजीनामा नदिने मनस्थिति बनाएका हुन् ।
प्रचलित कानुनअनुसार संघीय संसदको सदस्य पदमा उम्मेदवार हुनका लागि बालेनले राजीनामा दिनु जरूरी छैन । निर्वाचन आयोगले गत पुस १२ मा स्वीकृत गरेको निर्वाचन आचारसंहिताको व्यवस्थाअनुसार संघीय संसदमा उम्मेदवारी दर्ता गर्नुअघि स्थानीय तहको पदबाट राजीनामा दिनु जरूरी छैन । बरू उम्मेदवारी दर्ता भइसकेपछि भने स्वतः पदमुक्त भएको मानिने कानुनी व्यवस्था छ ।
बालेनले अहिल्यै राजीनामा दिँदा अन्तिम समयमा निर्वाचन सर्ने र उम्मेदवारी दर्ताको समय पनि सर्ने परिस्थिति हुन सक्ने अनुमान गर्दै राजीनामा नदिने भएका हुन् । समयमै उम्मेदवारी दर्ता गर्ने परिस्थिति भएका उम्मेदवारी दर्ता गर्ने र कानुनअनुसार पद स्वतः खारेज हुन दिने मनस्थितिमा बालेन पुगेको बताइएको छ ।
