• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसबाट कहाँ-कहाँ कसले पाए टिकट ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार (माघ ६) मा उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । त्यसका लागि दलहरूले आफ्ना उमेदवारहरू तय गरिरहेका छन् ।

नेपाली कांग्रेसले पनि चुनावमा आफ्ना उमेदवारहरू तय गरिरहेको छ । जसअनुसार कांग्रेसले ताप्लेजुङबाट गजेन्द्र तुम्बाहाङलाई उमेदवार बनाउने भएको छ ।

पाँचथरबाट नरेन्द्र केरुङ लाई उमेदवार बनाउने निर्णय गरेको कांग्रेसले इलाम- १ मा निष्कल राई र २ मा भेषराज आचार्यलाई मैदानमा उतार्ने भएको छ ।

त्यस्तै कांग्रेसबाट धनकुटामा दिनेश राई, तेह्रथुम सन्तोष सुब्बा, खोटाङमा वीरकाजी राईले टिकट पाएका छन् ।

त्यस्तै सोलुखुम्बुमा प्रकाशसिंह कार्की, हुम्लामा जयपति रोकाया, मुगुमा खड्कबहादुर शाही र जुम्लामा दीपबहादुर शाही उमेदवार बन्ने भएका छन् ।

त्यस्तै कालिकोटमा हर्षबहादुर बम, डोल्पामा कर्णबहादुर बुढा, सल्यानमा केशबहादुर विष्टले टिकट पाएका छन् । कांग्रेसले दैलेख- १ बाट वासना थापा र २ बाट दिकपाल शाहीलाई उमेदवार बनाउने भएको छ ।

त्यस्तै सुर्खेत २ मा नारायणकुमार कोइराला उमेदवार बन्ने भएका छन् भने स्याङ्जा १ मा भरत ढकाल र २ मा भागवत प्रकाश मल्ल चुनावी मैदानमा उत्रने भएका छन् । त्यस्तै पर्वतमा अर्जुन जोशी, बागलुङ- १ मा भीम श्रीस र २ मा टेकराज पौडेल, म्याग्दीमा केबी भण्डारी र मुस्ताङमा योगेन्द्र गौचन उमेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖