• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अदालतले दियो रवि लामिछानेलाई झट्का


  • धनकुटा खबर
  • .

काठमाडौं । पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ । आज उनको मुद्दाको सुनुवाइपछि अदालतले १ करोड धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा दायर मुद्दाको सुनुवाइपछि अदालतले यस्तो आदेश गरेको हो । सहकारीसम्बन्धि मुद्दामा रविविरुद्ध अन्य जिल्लामा दायर मुद्दाको सुनुवाई धेरै अगाडि बढे पनि पर्साको सुनुवाइमा ढिलाइ भएको थियो ।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय गरेको हो । लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖