• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

टिकट नपाएपछि एमाले छाडेका गुरुंग नेकपाबाट चुनाव लड्ने


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङले पार्टी परित्याग गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले आफूलाई टिकट नदिई युवा नेतृ अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका गुरुङले विद्रोह गर्दै पार्टी छाडेका हुन्।

एमाले परित्याग गरेलगत्तै गुरुङले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिने निश्चित भएको छ। यसअघि नेकपाले ओखलढुंगाबाट रामकुमार कार्कीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको थियो। तर एमालेबाट असन्तुष्ट बनेर आएका गुरुङलाई बलियो उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेपछि कार्कीको स्थानमा गुरुङले टिकट पाएका हुन्।

ओखलढुंगामा लामो समयदेखि बलियो राजनीतिक पकड बनाएका गुरुङको पार्टी परिवर्तनसँगै त्यहाँको चुनावी समीकरण थप रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ पक्षका कार्यकर्ताहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

गुरुङको यो कदमलाई एमालेका लागि ठूलो झट्काका रूपमा हेरिएको छ भने नेकपाले यसलाई चुनावी लाभका रूपमा उपयोग गर्ने तयारी गरेको स्रोतहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖