• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सबैभन्दा पहिला प्रचण्डमाथि कारबाही हुनुपर्छ:हरिबोल गजुरेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निष्काशनमा परेका नेता हरिबोल गजुरेलले सबैभन्दा पहिला पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि नै कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका छन्। पार्टीको विधि, पद्धति र प्रक्रिया मिच्ने मुख्य व्यक्ति प्रचण्ड नै भएको भन्दै उनले यस्तो बताएका हुन्।

पार्टीको आधिकारिक लाइनविपरीत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको र प्रस्ताव तथा समर्थक बसेको भन्दै नेकपाले शनिबार गजुरेलसहित ७ नेतालाई निष्काशनको घोषणा गरेको थियो ।

निर्णयलगत्तै रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले सिन्धुली जिल्ला पार्टीको सिफारिस र निर्णयलाई लत्याएर प्रचण्डले मनोमानी, अहङ्कारवादी र व्यक्तिवादी ढङ्गले उम्मेदवारको निर्णय गरेको आरोप लगाए। उनले भने, ‘जो अगुवा उही के भनेझैँ, पहिले प्रचण्डलाई कारबाही हुनुपर्छ। जिल्ला पार्टीले गरेको निर्णय उल्लंघन गर्ने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्छ।’

गजुरेलले नेतृत्वको आलोचना गर्दै विधि र पद्धतिको उल्लंघन गर्ने मुख्य जिम्मेवार व्यक्तिलाई छोडेर अन्य नेताहरूलाई कारबाही गर्ने कुरा हास्यास्पद रहेको बताए । उनले प्रचण्डलाई पहिले कारबाहीको दायरामा ल्याएपछि मात्र अन्य नेताहरूको विषयमा कुरा गर्नु न्यायोचित हुने तर्क गरे ।

उनले प्रचण्डको कार्यशैलीले पार्टीको आन्तरिक लोकतन्त्र र अनुशासनलाई धराशायी बनाएको दाबी समेत गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖