• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सुनुवाइ सकियो, के आउला आदेश ?


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर भएको रिटमा सुनुवाइ सकिएको छ । उक्त रिट सुनुवाइको लागि न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएको थियो ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका थिए । टीकापुर १ कैलालीको सत्यनारायण भट्टराईले चौधरीविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए । उजुरीका आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएका थिए । आफ्नो उम्मेदवारी खारेजीविरुद्ध चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय भई उक्त मुद्दा अन्तिम फैसला भएकाले मनोनयन पत्र बदर गरिएको थियो । चौधरीले भने आफूले चुनाव लड्न पाउनुपर्ने माग राखेका छन् । चौधरीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी हुन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖