• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

‘अपरेसन सिन्दूर’ की चर्चित कर्नल सोफियालाई विशिष्ट सेवा पदक


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको ७७औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मुले सशस्त्र बलका ७० जनालाई वीरता पुरस्कार दिने घोषणा गरेकी छन् । यस वर्षको विशिष्ट सेवा पदकका लागि ‘अपरेसन सिन्दूर’ मार्फत चर्चामा आएकी भारतीय सेनाकी कर्नल सोफिया कुरैशी छनोट भएकी छन् ।

कर्नल सोफियाले ‘अपरेसन सिन्दूर’ का क्रममा विङ कमान्डर व्योमिका सिंह र विदेश सचिव विक्रम मिसरीसँग मिलेर सैन्य कारबाहीका सूचनाहरू नियमित रूपमा मिडियालाई उपलब्ध गराएकी थिइन् । यही भूमिकाका कारण उनी चर्चामा आएकी थिइन् । राष्ट्रपति मुर्मुले उनीहरूको असाधारण बहादुरी र बलिदानको कदर गर्दै पुरस्कार स्वीकृत गरेकी हुन् ।

यसैगरी, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा जाने पहिलो भारतीय ग्रुप क्याप्टेन शुभान्शु शुक्लालाई अशोक चक्र प्रदान गरिने भएको छ । राष्ट्रपतिले उनीसँगै लेफ्टिनेन्ट जनरल धीरज सेठ र सेना, नौसेना तथा वायुसेनाका अन्य अधिकारीहरूलाई पनि सम्मान गर्ने निर्णय गरिन् ।

घोषणा गरिएका ७० जनामध्ये ६ जनालाई मरणोपरान्त सम्मान प्रदान गरिनेछ । गणतन्त्र दिवसको अवसरमा हरेक वर्ष भारतले आफ्ना सुरक्षाकर्मीहरूको अदम्य साहसलाई कदर गर्दै विभिन्न पदक प्रदान गर्ने गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖