• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जेल ‘युनिफर्म’मै कैदीसँग सम्बन्ध राखेकी पूर्व जेल अधिकारीलाई भयो यस्तो सजाय


  • धनकुटा खबर
  • .

कैदीसँग यौन सम्बन्ध राखेको आरोपमा पूर्व जेल अधिकारीलाई तीन वर्षको जेल सजाय भएको छ।

बेलायतको नर्थह्याम्प्टनशायरस्थित वेलिंगबरोमा रहेको एचएमपी फाइभ वेल्स जेलमा काम गर्ने पूर्व जेल अधिकारी एलिसिया नोभासलाई उक्त कैद सजाय तोकिएको हो।

उनीमाथि कैदी डेक्लान विंकलेससँग यौन सम्बन्ध राखेको तथा अन्य अपराध गरेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ। नोभासले जुलाई २०२४ मा १८ वर्षको उमेरमा उक्त जेलमा जेल अधिकारीको रूपमा काम सुरु गरेकी थिइन्। उनले कैदी विंकलेस (३१ वर्ष) लाई आफ्नो व्यक्तिगत फोन नम्बर समेत दिएकी थिइन्।

पछि उनीहरूबीच अगस्ट २०२४ देखि मार्च २०२५ सम्म करिब तीन हजार पटक सञ्चार (मेसेज, कल र भिडियो कल) भएको खुलेको छ।

विंकलेसले चारवटा अवैध मोबाइल फोन प्रयोग गरेका थिए। नोभासले विंकलेसका लागि गाँजा र दुईवटा मोबाइल फोनसम्म तस्करी गरेकी थिइन्।

साथै, नोभासले जेलको एक सूचनादाता (इन्फर्मर) को नाम र जेल प्रशासनले विंकलेसबारे के थाहा पाएको वा शंका गरेको छ भन्ने जानकारी पनि दिएकी थिइन्। यसबाट सूचनादाताको सुरक्षामा गम्भीर जोखिम उत्पन्न गरेको र जेलको सुरक्षा प्रणालीलाई कमजोर बनाएको अदालतले ठहर गरेको छ।

सम्बन्ध नोभेम्बर ६, २०२४ मा फोन नम्बर आदानप्रदानबाट सुरु भई नोभेम्बर १६, २०२४ सम्म यौन सम्बन्धमा पुगेको थियो। विंकलेसले नोभाससँग रोमान्टिक रुचि देखाउँदै महँगो उपहारहरू प्रस्ताव गरेको मेसेजहरूबाट खुलेको छ।

न्यायाधीश रेबेका क्रेनले सजाय सुनाउने क्रममा नोभासले जेलको युनिफर्म लगाएकै अवस्थामा यौन सम्पर्क गरेको दुईवटा भिडियो विंकलेसले स्न्यापच्याटमा सेयर गरेको बताइन्। ती भिडियो पछि मिडियामा पुगेका थिए।

न्यायाधीश क्रेनले नोभासले आफ्ना कार्यको गम्भीरता नबुझेको भन्दै जेल सुरक्षा, कर्मचारी तथा अन्य कैदीहरूको सुरक्षालाई जोखिममा पारेको बताइन्। यद्यपि, उनको युवा उमेर र अनुभवको कमीले उनी हेरफेर गर्न सजिलो भएको तर्क उनको थियो।

नोभासको तर्फबाट वकिल लियाम मुइरले उनलाई भावनात्मक रूपमा अस्थिर व्यक्तित्व भएको बताए, जुन अपराधको समयमा निदान भएको थिएन।

विंकलेस, जसले चोरी तथा लुटपाटसम्बन्धी आरोपमा ११ वर्ष तीन महिनाको सजाय भोगिरहेका छन्। उनले नोभासलाई अपराध गर्न प्रोत्साहन गरेको तथा अन्य अभियोगहरू स्वीकार गरेका छन्। विंकलेसलाई पनि यस घटनामा थप तीन वर्ष चार महिनाको सजाय सुनाइएको छ, जुन पुरानो सजायसँगै लगातार चल्नेछ।

दुवै प्रतिवादीहरू सोमबार अदालतमा एचएमपी पिटरबरोबाट भिडियो लिंकमार्फत उपस्थित भएका थिए। नोभासले ६ वटा अभियोगहरू (मिसकन्डक्ट इन पब्लिक अफिस सहित) मा अपराध स्वीकार गरेकी छिन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖