• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अजित पवार सवार विमान दुर्घटना : यस्तो थियो महिला पाइलटको अन्तिम शब्द


  • धनकुटा खबर
  • .

मुम्बई । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा दुःखद निधन भएको छ। बुधबार बिहान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा भएको चार्टर्ड विमान दुर्घटनामा उपमुख्यमन्त्री पवारसहित विमानमा सवार पाँचै जनाको ज्यान गएको हो।

दुर्घटनामा सुरक्षा अधिकारी एचसी विदिप जाधव, पाइलट क्याप्टेन सुमित कपुर, क्याप्टेन साम्भवी पाठक र फ्लाइट एटेन्डेन्ट पिंकी मालीको पनि मृत्यु भएको छ।

विमानभित्र गुन्जियो अन्तिम शब्द- ‘ओह शिट’
दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि सह-पाइलट साम्भवी पाठकले ‘ओह शिट… ओह शिट’ भनेको अन्तिम शब्द सुनिएको थियो। मुख्य पाइलट सुमित कपुरले कुनै पनि आपत्कालीन सङ्केत (मेडे कल) पठाउन नपाउँदै विमान दुर्घटनामा परेको थियो।

बाक्लो कुहिरोका कारण रनवे नदेखिँदा पहिलो पटकको अवतरण प्रयास असफल भएको थियो। दोस्रो पटक अवतरण गर्न खोज्दा रनवे छुनुअघि नै विमान पल्टिएर जमिनमा बजारिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖