• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ जना घाइते


  • धनकुटा खबर
  • .

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुईवटा सडक दुर्घटनामा कम्तीमा ६ यात्रुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरूमा महिला र बालबालिकाहरू पनि छन् ।

पहिलो दुर्घटना कराबाग जिल्लामा भएको थियो, जसमा पाँच यात्रुको मृत्यु भएको छ, त्यसमा दुई महिला र एक बच्चा रहेका छन् । यस दुर्घटनामा दुई जना घाइते भएका थिए । केही मिनेटको अन्तरमा सोही सडकमा अर्को दुर्घटना पनि भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ ।

प्रहरी तत्काल दुर्घटना स्थलमा पुगेका र घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्याएका थिए । प्रहरीका अनुसार, हतारमा गाडी चलाउनु र सडकमा अन्धकार भएका कारण यी दुःखद दुर्घटनाहरू भएका हुन् ।

गत साता उत्तरी बडाख्शान प्रान्तमा पनि यस्तै सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको र तीन जना घाइते भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖