काठमाडौ । राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा आज बिहान आयोजित नेपाली सेनाको २६३ औं वार्षिकोत्सव अवसरमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा अमेरिकी सेनाको एउटा टोली सहभागी भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य,उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल,प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत,मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, प्रधान सेनापति,प्रहरी महानिरीक्षक,सशस्त्र प्रहरी महानिरीक्षकलगायतको उपस्थिति रहेको कार्यक्रममा अमेरिकी सेनाका दुई दर्जन बढी सैनिक सहभागी भएर ब्याण्ड बजाउँदै नाचेका थिए ।-जनआस्था
