• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रवि र बालेन पुगे धनगढी


  • धनकुटा खबर
  • .

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह धनगढी पुगेका छन्।

बुधबार धनगढी वडा नम्बर-१ स्थित खुला चौरमा भइरहेको रास्वपाको चुनावी सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन धनगढी पुगेका हुन्। जहाँ रास्वपाका हजारौं कार्यकर्ताको भीड लागेको छ।

भेला अघि रास्वपाले धनगढीस्थित ट्राफिक चौराहादेखि आयोजना स्थलसम्म र्यालीको आयोजना गरेको थियो। रास्वपाको र्यालीका कारण धनगढी बजार क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ।

कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका ९ वटै जिल्लाबाट रास्वपा नेता, कार्यकर्ता धनगढी पुगेका छन्। चुनावी सभालाई रास्वपाका सभापति लामिछाने र नेता बालेनले सभालाई सम्बोधन गर्ने छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖