• Wednesday 7th of October 2026

बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीको दाबी पेश गरेका सत्ता गठबन्धन सनाखतमै नजाने


  • धनकुटा खबर
  • .

विराटनगर । बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीको दाबी पेश गरेका सत्ता गठबन्धन सनाखतमै नजाने भएको छ । मुख्यमन्त्रीको दाबी पेश गरेका केदार कार्कीको पक्षमा ४७ सदस्यले हस्ताक्षर गरेपछि सत्ता गठबन्धन सनाखत मै नजाने भएको हो ।

संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान भएपछि सत्ता गठबन्धनका तर्फबाट इन्द्र आङ्वो र काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कार्कीलाई एमालेका ३९ प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन ।

दुवैले दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षलाई सनाखतको समय दिएका थिए । कार्कीको पक्षमा हस्ताक्षर गर्नेको अहिले सनाखत भइरहेको छ ।

आङ्बोले भने आफ्नो दाबी नपुग्ने र शीर्ष नेताबिच सहमतिको प्रयास भइरहेको कारण तत्काल सनाखतमा नजाने बताए ।

‘काँग्रेसका ८ जना माननीयहरू सशरीर उपस्थिति भइसकेपछि हाम्रो दाबी पुग्दैन, अर्को कुरा शीर्ष नेताहरू छलफलमै हुनुहुन्छ । त्यसकारण हामी अहिले सनाखतमा जान्दैनौँ’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖