• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चुनाव त खै के-खै के, हुन्छ कि के हो ?: एमाले नेता गोकुल बास्कोटा


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन ८ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुल बास्कोटाले चुनावी प्रक्रियाप्रति आशंका व्यक्त गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बाहिर प्रचार–प्रसार तीव्र देखिए पनि भित्र ‘साटाकसुटुक’ बढ्दो रहेको संकेत गर्नुभएको हो। ‘चुनाव त खै के ? खै के ? हुन्छ कि के हो ? बाहिर प्रचार जोडतोड छ, भित्र साटाकसुटुक बढ्दो छ,’ उहाँले उल्लेख गर्नुभएको छ।

बास्कोटाले केही दलबाट घोषणा पत्र सार्वजनिक गरिँदै गर्दा अर्कोतर्फ बहिष्कारका संकेत दिने अभिव्यक्ति आइरहेको भन्दै दोहोरो चरित्रप्रति प्रश्न उठाउनुभएको छ। ‘कसैका घोषणा पत्र त कसैका बहिष्कार पत्रका छनक दिने वक्तव्य,’ उहाँले लेख्नुभएको छ।

उहाँले स्पष्ट धारणा सार्वजनिक गर्न सम्बद्ध पक्षलाई चुनौतीसमेत दिनुभएको छ। ‘जाली कुरा नगरी भन- डुङ्गा तार्ने आफै हो वा अरू? थप पानी नधमिल्याऊ,’ उहाँको भनाइ छ।

बास्काटाकाे यो अभिव्यक्तिलाई आगामी निर्वाचनको निष्पक्षता, पारदर्शिता र राजनीतिक समझदारीबारे उठेको चिन्ताका रूपमा हेरिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा पनि निर्वाचन हुनेमा आशंका नै व्यक्त भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖