• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेकपाले किल्ला मान्दै आएको सिन्धुलीको मरिणमा १ सय बढी कार्यकर्ता एमालेमा प्रबेश गरेपछि


  • धनकुटा खबर
  • .

सिन्धुली । एक समय माओवादीको ‘आधार इलाका’ भनेर चिनिने मरिण गाउँपालिका-३ भालुमारामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का एक सयभन्दा बढी नेता-कार्यकर्ता एमालेमा सामूहिक प्रवेश गरेका छन् ।

एमालेको चुनावी प्रचारको क्रममा सन्तबहादुर मोक्तानको नेतृत्वमा मीनबहादुर स्याङ्वा, बेलबहादुर मोक्तानसहित एमालेमा भित्रिए । उनीहरूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोजजंग थापाले अविर र खादा लगाएर स्वागत गरेका थिए ।

नेकपाले जनताका अपेक्षा पूरा नगरेको, निर्वाचित नेता फर्केर नआएको र विकासका काममा पछि पारिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।

नवप्रवेशी नेता सन्तबहादुर मोक्तानले नेतृत्व जनतासँग टाढिएको आरोप लगाउँदै मरिण गाउँपालिकामा स्थापना भएको मासु प्रशोधन उद्योग सञ्चालनका लागि तत्कालीन एमाले नेतृत्वको सरकारले खेलेको भूमिकाको स्मरण गरे ।

यहाँ नेकपाले राजन दाहाललाई उठाएको छ । बागी उठेका महेश्वर दाहाललाई समर्थन गरेकोमा हरिबोललगायतका नेता कारबाहीमा परेका छन् । यसले नेकपामा तीव्र दरार आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖