• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भूकम्पको धक्का महसुस


  • धनकुटा खबर
  • .

पाकिस्तानभरि भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा रहेको र यसको केन्द्रबिन्दु ७३ किलोमिटर गहिराइमा रहेको ५.६ म्याग्निच्युडको थियो।

बीबीसी उर्दूका अनुसार साँझ ६:१० बजे भूकम्पको धक्का महसुस गरिएको थियो। संघीय राजधानी इस्लामाबाद, स्वात, पेशावर र एबोटाबाद लगायत खैबर पख्तुनख्वाका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो।

प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पले कुनै ठूलो क्षति पुर्‍याएको छैन। यद्यपि, मानिसहरू आत्तिए र घरबाट बाहिर निस्किए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖