• Monday 5th of October 2026

जब क्यानडाले बनायो सर्वाधिक कम योगफलको खराब कीर्तिमान


  • धनकुटा खबर
  • .

एकदिवसीय विश्वकप क्रिकेटको इतिहासमा सबैभन्दा कम रनमा अलआउट हुने राष्ट्रको खराब कीर्तिमान क्यानडाको नाममा छ । क्यानडाले सन् २००७ मा वेस्ट इन्डिजमा आयोजित विश्वकपको श्रीलंकाविरुद्धको खेलमा १८.४ ओभरमा अलआउट हुनुअघि ३६ रनमात्र बनाउन सकेको थियो ।

दोस्रो कम स्कोरको कीर्तिमान पनि क्यानडाकै नाममा रहेको छ । उक्त कीर्तिमान सन् १९७९ मा आयोजित दोस्रो विश्वकपमा बनेको थियो । त्यतिबेला आयोजक इङ्ल्यान्डले क्यानडालाई ४०.३ ओभरमा केवल ४५ रनमा अलआउट गराएको थियो । तेस्रो कम रनको खराब कीर्तिमान भने नामिबियाको नाममा छ ।

सन् २००३ मा दक्षिण अफ्रिका, जिम्बाबे र केन्यामा आयोजित विश्वकपमा अस्ट्रेलियाले नामिबियालाई १४ ओभरमा ४५ रनमा अलआउट गराएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖