• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ:ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनुपर्ने माग राखेका छन् ।

भ्mापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘चुनाव निष्पक्ष वातावरणमा मतदाताले स्वतन्त्र ढंगले मत खसाउन पाउनुपर्छ । मतदान केन्द्रमा पुग्न पाउनुपर्छ । स्वतन्त्र ढंगले भोट खसाउन पाउनुपर्छ । यस कुरामा नेकपा एमाले अठिडग रहँदै आएको छ,’ ओलीले भने ।

साथै, उनले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा गर्ने कल्पना कसैले पनि नगर्न आग्रह गरे ।

‘कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ । बुथ कब्जा गर्ने कसैले छुट पाउने छैन । कसैले सक्नेवाला पनि छैन,’ ओलीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖