काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ–५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्।
उनीहरूले प्रतिनिधिसभा उम्मेदवार छनोटको क्रममा आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीका स्थानीय गतिविधिले लोकतन्त्र र सुशासनको चाहनामा आघात पुगेको भन्दै राजीनामा दिएका हुन्।
