• Sunday 29th of November 2026

रास्वपाद्वारा काठमाडौं उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ अभियान सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभियान’ सुरु गरेको छ।

‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पार्टीले उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम सुरु गरेको हो।

कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ। आज बिहान पशुपतिनाथबाट सुरु भएको अभियानउपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालयमा समापन हुने रास्वपाले जनाएको छ।

आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्‍यालीसहित अभियान सञ्चालन गरिएको छ।

कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगायत अन्य नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖