• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाले यी क्षेत्रमा बनायो अग्रता (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।

प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा रहेकी छन्।

त्यस्तै काठमाडौं-८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित अघि छन् भने काठमाडौं-१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता कायम गरेका छन्।

यस्तै काठमाडौं-५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं-४ मा पुकार बम २ हजार ५२९, काठमाडौं-७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं-६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अगाडि रहेका छन्।

मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन् ।
रास्वपाले अग्रता बनाएका क्षेत्रहरू

काठमाडौं-१ : रञ्जु न्यौपाने – ९,०७८ मत

काठमाडाैं-३ राजु पाण्डे- २९६० मत

काठमाडौं -२ सुनिल केसी ९५० मत
काठमाडौं-८ : विराज भक्त श्रेष्ठ – ७,६१७ मत

काठमाडौं-१० : प्रदीप विष्ट – ६,०४२ मत

काठमाडौं-५ : सस्मित पोखरेल – ३,७०० मत

काठमाडौं-४ : पुकार बम – २,५२९ मत

काठमाडौं-७ : गणेश पराजुली – २,८३३ मत

काठमाडौं-६ : शिशिर खनाल – २,२३८ मत

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖