काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी छन्।
अन्तिम मतपरिणामअनुसार न्यौपानेले १० हजार ४ सय ७८ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।
निर्वाचन अधिकृतको कार्यालयले बिहान ७ बजेसम्मको मतगणनाअनुसार न्यौपानेले आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरूमाथि उल्लेखनीय मतान्तरसहित जित हात पारेको जनाएको छ। उनका मुख्य प्रतिस्पर्धीहरूले क्रमशः ४ हजार ८८, २ हजार ३ सय ५५, ७ सय ४५ र २ सय १ मत प्राप्त गरेका छन्।
राजधानीको महत्वपूर्ण निर्वाचन क्षेत्र मानिने काठमाडौं–१ मा न्यौपानेको जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ। मतगणनाको अन्तिम नतिजासँगै न्यौपाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।
