• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मनाङबाट निर्वाचित कांग्रेस सांसद गुरुङले शपथ लिन नपाउने


  • धनकुटा खबर
  • .

काठमाडौँ । मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ दुई हजार ४१५ मत ल्याउँदै विजयी भएका छन् ।

नेकपाकी यशोदा सुवेदीले ४४६ मत प्राप्त गरिन् । गुरुङ विजयी भएपनि उनले सांसदको शपथ लिन भने नपाउने भएका छन्।

विशेष अदालतबाट भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा अनियमिततामा भ्रष्टाचारी ठहर भएकाले विजयी भएपनि शपथग्रहण गर्न पाउने छैनन् ।

विशेष अदालतले २०७९ फागुन १५ मा गुरुङलाई भ्रष्टाचारको मतियारमा दोषी ठहर गर्दै उनीबाट एक करोड २१ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको थियो । हाल गुरुङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖