• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्न नभ्याईने’मा राखियो


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ फागुन । रास्वपाका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाई आज नहुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुुसलमानको संयुक्त इजलासमा परेको यो रिटमाथि आज सुुनुवाई नहुने भएको छ । अदालतले यो मुद्दालाई हेर्न नभ्याईनेमा राखेको छ ।

महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरेकोमा उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र युवराज पौडेल सफलले बेग्लाबेग्लै रिट दायर गरेका थिए ।

आज सुनुवाईको लागि पेशी चढेको थियो । अहिले मुद्दा हेर्न नभ्याईनेमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖