• Friday 9th of October 2026

ओली पक्राउको विरोध उग्र, एमाले कार्यकर्ताद्वारा सवारीसाधनमा तोडफोड


  • धनकुटा खबर
  • .

काठमाडौँ, १४ चैत – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्ताहरू उग्र बनेका छन्।

माइतीघर क्षेत्रमा भएको प्रदर्शनका क्रममा आक्रोशित भीडले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका छन्। सुरुवातमा शान्त देखिएको प्रदर्शन अचानक हिंसात्मक बन्दै गएपछि अवस्था नियन्त्रण बाहिर जाने संकेत देखिएको थियो।

घटनापछि माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ, र सुरक्षाकर्मीहरू ठूलो संख्यामा परिचालन गरिएका छन्। प्रहरी स्थिति नियन्त्रणमा लिन प्रयासरत रहेको बताइएको छ।

ओली पक्राउपछि सुरु भएको विरोध प्रदर्शनले अब झनै उग्र रूप लिन सक्ने संकेत देखिएको छ, जसले राजधानीको सुरक्षा अवस्था चुनौतीपूर्ण बन्ने चिन्ता बढाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖