• Friday 9th of October 2026

बेटिङ एप र वेबसाइटको बन्द गर्ने प्रक्रिया सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले अनलाइन सट्टेबाजी एप (बेटिङ एप) २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसँगको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएलगत्तै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु गरेको हो ।

सञ्चारमन्त्रीको निर्देशनलगत्तै मन्त्रालयले बेटिङ बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो ।

बेटिङ बन्दका लागि अपरेटर्सहरुलाई निर्देशन दिएर बन्द कार्य सुरु भइसकेको प्राधिकरणका सहायक प्रवक्ता डा प्रदिप पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖