• Wednesday 7th of October 2026

हमासले बन्धक बनाएका इजरायलीको शव बरामद, नेपालका विपिन जोशीको अवस्था अज्ञात


  • धनकुटा खबर
  • .

तेल अभिभ : गत हप्ता चरमपन्थी समूह हमास गरेको आक्रमणका क्रममा बन्धक बनाइएका केही इजरायलीको शव शुक्रबार सेनाले गरेको जमिनी कारबाहीका क्रममा बरामद गरिएको त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् ।

हारेत्ज र जेरुसेलम पोस्टले इजरायली डिफेन्स फोर्सले फेला पारेको शव इजरायलमा फर्काउने तयारी गरिरहेको उल्लेख गरेको छ । यद्यपि, शवको संख्या भने खुलाइएको छैन ।

यता, इजरायली डिफेन्स फोर्सका अनुसार हाल गाजामा हमासले अझै १२० जना सर्वसाधारणलाई बन्धक बनाइरहेको छ । सामाजिक सञ्जाल एक्सबाट आईडीएफले यसबारे जानकारी दिएको हो ।

इजरायली सेनाले गाजा क्षेत्रमा जमिनी कारबाही सुरु गरेको छ । इजरायली सेनाले गाजामा ‘आतंकवादी अड्डाहरू र पूर्वाधारहरू नष्ट गर्न’ गाजामा छापा मारेको बताएको छ। इजरायली सेनाले पनि बन्धकहरूलाई राखिएको ठाउँहरूको पहिचान गर्न मद्दत गर्ने जानकारी सङ्कलन गरेको जनाएको छ। नेपालका विपिन जोशीको अवस्था समेत अझै अज्ञात रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖