• Thursday 8th of October 2026

सुनिल शर्मालाई वाईसिएल अध्यक्ष शेर्पालीको चेतावनी, ‘प्रचण्डविरुद्धको मनपरी अभिव्यक्ति धेरै महँगो पर्नेछ’


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ असोज । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुवोधराज शेर्पालीले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मनपरी बोल्दै हिँडेको भन्दै आपत्ति जनाएका छन् ।

उनले डा. शर्माको मनपरी अभिव्यक्ति महँगो पर्ने पनि चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री प्रचण्ड विरुद्ध लगाएको आरोप पुष्टि गर्न पनि डा. शर्मालाई चुनौति दिएका छन् । प्रधानमन्त्री प्रचण्ड विरुद्ध लगाएको आरोप प्रमाणद्वारा पुष्टि गरेको खण्डमा आफूहरु स्वीकार गर्न तयार रहेको समेत उनले बताएका छन् । अन्यथा सार्वजनिक रुपमा बर्बराउँदै हिड्दा आफूहरुलाई स्वीकार्य नहुने उनको भनाई छ ।

‘सामाजिक रूपमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा यो व्यवस्थाका नायक सम्मननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्युको बारेमा नानाथरी भ्रम फैलाउने, सत्यलाई संघीय संसदको मर्यादा भुलेर तथानाम गर्ने मेडिकल मा. शुनिल शर्मा जि कतिपय सन्दर्भ संसदमा र धेरै बिषय छताछुल्ल संचार माध्यममा तपाइले बोलेका अर्थहीन झुठहरूको सच्चाइ तुरुन्तै पुष्टि गर्नुहोस् । तपाइले पुष्टि गरेमा मानौँला पनि । अन्यथा जसरी सार्वजनिक रूपमा तपाई बर्बराउदै हिड्नु भएको छ । यो सरासर झुठ हो भ्रम हो यस्ता कुरा किमार्थ स्वीकार्य छैन । यति भएपछि तपाइले गम्भीर बनेर बुझ्नैपर्छ तपाईका मनपरी अभिव्यक्ति धेरै महंगो पर्नेछ,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖