• Wednesday 7th of October 2026

एक युवाको जापानमा दुर्घटनामा परेर मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । तनहुँका एक युवाको जापानमा दुर्घटनामा परेर मृत्यु भएको छ ।

तनहुँको दमौली घर भइ हाल जापानको नागोया सेनमोन गाक्कोउ अध्ययनरत २२ वर्षीय दीपक श्रेष्ठको दुर्घटनामा परी निधन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले जनाएको छ ।

श्रेष्ठको अक्टोबर १२ का दिन काम गरेर फर्किदै गर्दा सडक पार गर्ने क्रममा स्कुटरमा सवार उनलाँई ट्रकले ठक्कर दिएपछि उपचारका क्रममा मृत्यु भएको समाजले जनाएको छ ।

समाजका संयोजक सागर थापा वगाले र सचिव सागर भण्डाराीले एक शोक वक्तव्य जारी गर्दै उनको मृत्युप्रति दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना तथा परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖