• Thursday 8th of October 2026

केदार कार्की सरकारको पहिलो निर्णय : प्रवक्तामा शमशेर राई, सडक सुरक्षा चुस्त बनाइने


  • धनकुटा खबर
  • .

विराटनगर । कोसी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री शमशेर राईले पाएका छन् । केदार कार्की सरकारको आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रवक्तामा बिनाविभागीय मन्त्री राईलाई जिम्मेवारी तोकेको हो ।

मन्त्रिपरिषद्ले प्रादेशिक सडक सुरक्षा प्रभावकारी बनाउने र राजस्व चुहावट रोक्ने निर्णयसमेत गरेको भएको प्रवक्ता राईले जानकारी दिए । शनिबार नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोमबार शपथ ग्रहणपछि कार्यभार सम्हालेका छन् ।

कांग्रेसका आठ र नेकपा (एमाले)का ३९ जना सांसदको समर्थनमा कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖