• Thursday 8th of October 2026

आज रातिबाट पेट्रोलमा ११ रुपैयाँ र डिजेलको मूल्यमा ५ रुपैयाँ घट्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमश: ११ र पाँच रुपैयाँले घटाएको हो ।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ र मट्टितेलको मूल्य १७३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगंजमा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १७० रुपैयाँ ५० पैसा कायम भएको छ । सुर्खेत र दाङमा भने पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमश: १८२ र १७२ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖