• Wednesday 7th of October 2026

इजरायलबाट बांचेर आएका चारजना विद्यार्थीलाई कृष्णपुरका मेयरले घरसम्मै पुर्‍याए


  • धनकुटा खबर
  • .

धनगढी । इजरायलमा हमास समूहले गरेको आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारजना विद्यार्थीहरूलाई नगरप्रमुख हेमराज ओझाले घरसम्म पुर्‍याएका छन्।

बिहीबार नेपाल एयरलाइन्समार्फत काठमाडौँ पुगेका विद्यार्थीहरूसँगै आएका उनीहरू शनिवार घर पुगेका हुन्। कृष्णपुर नगरपालिका–२ का नरेश सिंह भण्डारी, प्रकाश भारती र वडा नम्बर ४ का रमेश कार्की र पदम धामीलाई नगरप्रमुख ओझाले आफूसँगै श्री एयरलाइन्सको विमानमार्फत धनगढी ल्याएका थिए।

धनगढीबाट नगर प्रमुख ओझाले उनीहरुलाई नगरको गाडीमा घर–घरसम्म लगेका हुन्। नगरप्रमुख ओझाले इजरायलबाट सकुशल फर्केका आएका आफ्ना नागरिकलाई नगरपालिकाले के गर्न सक्छ भन्नेबारे विज्ञसँग छलफल गर्ने र उनीहरूको आत्मबल बढाउन केही गर्ने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖