• Sunday 29th of November 2026

प्रधानमन्त्री बालेनमाथि छानबिन गर्न माग गर्दै प्रहरी परिसरमा निवेदन दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाहमाथि छानबिन गर्न माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ ।

बल्खु र थापाथली सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्या घटनाको विस्तृत, निष्पक्ष छानबिन माग गर्दै निवेदन दर्ता गरेको प्रवक्ता विजय शाहले जानकारी दिए।

उनले प्रधानमन्त्री एवं गृहमन्त्री शाहको निर्देशनमा सञ्चालित डोजर अभियानले पीडितहरूमा अत्यधिक मानसिक तनाव सिर्जना गरेको बताए।

प्रवक्ता शाहले निवेदनमा लेखेका छन्, ‘दुवै घटना डोजर अभियानका क्रममा पीडितहरूमा डर, त्रास र अनिश्चितता बढेको प्रारम्भिक जानकारीका आधारमा भएको हो।’ उनले मुलुकी अपराध संहिता २०७४ को दफा १०८ (आत्महत्या दुरुत्साहन) अनुसार सम्बन्धित पक्षको जिम्मेवारी निर्धारण गर्न माग गरे।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖