• Wednesday 7th of October 2026

आजै एसईईको नतिजा आउने


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न अन्तिम तयारीस्वरूप प्राविधिक परीक्षण सुरु गरेको छ।

परीक्षण सफल भए आज साँझै नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार हाल प्रणालीको प्राविधिक परीक्षण र डेमो जाँच भइरहेको छ।

‘यदि कुनै समस्या देखिएन भने आज साँझै नतिजा सार्वजनिक हुन्छ, अन्यथा भोलिसम्म सार्वजनिक गर्ने तयारी छ,’ उनले भने।

अर्यालले प्राविधिक पक्षमा सानो समस्या आए पनि नतिजा प्रकाशन केही समय पछि सर्न सक्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖