काठमाडौं, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार बढिरहेको देखिएको छ। आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा डलरको भाउमा सामान्य वृद्धि भएको हो।
राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र क्यानेडियन डलरको १११ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर, चिनियाँ युआन, जापानी येन, साउदी रियाल र कतारी रियालको विनिमयदरमा पनि सामान्य परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। केन्द्रीय बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकले निर्धारण गर्ने दर भने फरक हुन सक्ने उल्लेख गरिएको छ।
